images
images

खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग

विराटनगर । मातृ वियोगको केही महिना पछि नै  युवा तथा  खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी वियोग परेको छ ।

मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार राति ८ बजे ५८ वर्षको उमेरमा  निधन भएको हो । लामो समय देखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ–६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो । लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताउनुभयो । लिम्बूका १ छोरा र १ छोरी छन् ।

मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो । मोरङ–१ बाट प्रतिनिधि सभामा निर्वाचित लिम्बू नेपाली काङ्ग्रेस मोरङको सभापति समेत हुनुहुन्छ ।

लिम्बुको १ छोरी र १ छोरा रहेका छन् । मन्त्री लिम्बुकी सासुआमाको गत बर्ष  निधन भएको थियो । केही महिना अघि आफ्नी आमाको समेत  निधन भएको थियो ।