काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारतको राजकीय भ्रमणपछि नेपाल र भारतले द्विपक्षीय सम्बन्धलाई विकास साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धतासहित २४ बुँदे संयुक्त प्रेस वक्तव्य जारी भएको छ।
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको उच्चस्तरीय वार्तापछि जारी वक्तव्यमा पूर्वाधार, ऊर्जा, व्यापार, पारवहन, रेल तथा हवाई सम्पर्क, डिजिटल प्रविधि, शिक्षा र सांस्कृतिक सम्बन्धलाई प्राथमिकतामा राखिएको छ।
वक्तव्या दुई देशबीचको परम्परागत सम्बन्धलाई आर्थिक अवसर र जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने गरी सहकार्य गर्ने उल्लेख छ।
के के छन् संयुक्त वत्तव्यमा ?
१९५० को सन्धिसमेत पुनरावलोकन गर्न नेपाल–भारत सहमत
संयुक्त वक्तव्या नेपाल र भारतबीचको विद्यमान द्विपक्षीय कानुनी संरचनालाई समयसापेक्ष बनाउने सहमति भएका छन्। दुवै देशले सन् १९५० को शान्ति तथा मैत्री सन्धिसहित विद्यमान द्विपक्षीय सम्झौताहरू आपसी सहमतिका आधारमा पुनरावलोकन गर्न सकिने उल्लेख गरेका छन्।
नेपालले लामो समयदेखि उठाउँदै सन्धि पुनरावलोकनको विषय उठाउँदै आएको थियो। वक्तव्यले सन्धि संशोधन गर्ने ठोस मिति वा प्रक्रिया भने तोकेको छैन।
बाढीपछिको पुनर्निर्माणमा भारतको २४० अर्ब सहयोग
नेपालको पुनर्निर्माण र पूर्वाधार विकासमा भारतको आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री मोदीले बाढीबाट प्रभावित नेपाललाई पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४० अर्ब नेपाली रुपैयाँ (भारतीय सहयोग प्याकेज १६२ करोड अमेरिकी डलर) बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढीले सडक, पुल, विद्युत् आयोजना, बस्ती र अन्य भौतिक संरचनामा ठूलो क्षति र्पुयाएको छ। त्यसको पुनर्निर्माणमा भारतको सहयोग उपयोग गर्ने विषयलाई दुवै पक्षले प्राथमिकतामा राखेका छन्। बाढी तथा पहिरोपछि भारतले गरेको मानवीय सहायता र खोज तथा उद्धार सहयोगप्रति नेपालले धन्यवाद दिएको छ।
हवाई सम्पर्क र पूर्वाधार विस्तार
नेपाल र भारतबीच हवाई सम्पर्क थप विस्तार गर्ने सहमति भएको छ। नेपालले विशेषगरी भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई रुट उपलब्ध गराउन भारत तयार भएको छ। दुवै देश पक्ष हाल एकतर्फी रूपमा सञ्चालनमा रहेका ‘बी३४५’ काठमाडौँ भैरहवा लखनऊ मार्गलाई दुईतर्फी बनाउन सहमत भएका छन्।
हवाइ उड्यन सम्बन्धी विषयलाई कार्यान्वयनमा लैजान प्राविधिक परामर्श गरिनेछ। भारतले बागडोरा विमानस्थलका लागि नेपाली भूमि माग गरेको भए पनि सैन्य प्रयोजनका लागि दिन तयार नभएपछि थप प्राविधिक अध्ययन गरिने भएको हो।
अयोध्या–जनकपुर रेल सेवा सञ्चालन
नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई भौतिक सम्पर्कसँग जोड्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा अयोध्या–जनकपुर रेल सेवा अघि बढाइएको छ। प्रधानमन्त्री शाह र मोदीले संयुक्त रूपमा सरयू कमला एक्सप्रेस रेल सेवाको शुभारम्भ गरेका छन्।
भारतको उत्तर प्रदेशस्थित अयोध्याबाट नेपालको जनकपुरधामसम्म रेल सम्पर्क विस्तारले धार्मिक पर्यटन, तीर्थयात्रा र दुई देशका नागरिकबीचको आवतजावतलाई सहज बनाउनेछ। यसले जनकपुरलाई भारतको प्रमुख धार्मिक पर्यटकीय गन्तव्य अयोध्यासँग प्रत्यक्ष जोड्नेछ।
व्यापार, पारवहन र लगानीमा जोड
संयुक्त वक्तव्यमा व्यापार तथा पारवहन सहकार्यलाई थप विस्तार गर्ने विषय पनि महत्त्वका साथ समेटिएको छ। नेपालले भारतीय बजारमा नेपाली उत्पादनको पहुँच विस्तार, व्यापार सहजीकरण र लगानी प्रवद्र्धनलाई प्राथमिकतामा राखेको छ।
प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। नेपालले दुई देशबीचको आर्थिक सम्बन्धलाई व्यापारमा मात्र सीमित नराखी उत्पादन, उद्योग, पूर्वाधार र रोजगारी सिर्जनासँग जोड्न खोजेको देखिन्छ।
शिक्षा, प्रविधि र युवा पुस्तासम्म सहकार्य विस्तार
दुई देशबीचको सहकार्य परम्परागत क्षेत्रबाट विस्तार गरी आधुनिक प्रविधि, शिक्षा र मानव संसाधन विकाससम्म र्पुयाउने विषय पनि भ्रमणको प्राथमिकतामा परेको छ। नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीले समेत अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्ने प्रस्ताव गरेका छन्। यसले नेपाललाई क्षेत्रीय शैक्षिक केन्द्रका रूपमा विकास गर्ने सम्भावनालाई पनि अघि सारेको छ।
विकास साझेदारीमा रूपान्तरण गर्ने प्रतिबद्धता
संयुक्त वक्तव्यमा दुई देशबीचको सम्बन्धलाई परम्परागत मित्रता र सहयोगबाट परिणाममुखी विकास साझेदारीमा रूपान्तरण गर्ने जनाइएको छ। द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा दुई देशबीच भएका सहमति र सुरु गरिएका परियोजनाको लाभ किसानको खेतबारी, युवाको रोजगारी, विद्यार्थीको शैक्षिक अवसर तथा उद्यमीको बजार विस्तारमा देखिनुपर्ने धारणा प्रधानमन्त्री शाहको थियो।
८ वटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर
भ्रमणका क्रममा दुवै पक्षबीच निम्न ८ वटा समझदारीपत्र आदानप्रदान भएका छन्।
१. भारतको गान्धीनगरस्थित नेसनल फरेन्सिक साइन्सेज युनिभर्सिटी र नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग ९सीआईडी० बीच शैक्षिक तथा अनुसन्धान सहकार्यसम्बन्धी समझदारी ।
२. भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय ९आरआरयू० र नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एनपीए) बीच समझदारी ।
३. नेपालका निजामती कर्मचारीहरूको क्षमता अभिवृद्धि तालिम कार्यक्रमका लागि भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) बीच समझदारी ।
४. आयुर्वेद तथा परम्परागत चिकित्सा पद्धति का क्षेत्रमा सहकार्यसम्बन्धी दुई सरकारबीच समझदारी ।
५. दक्षिण एसिया स्याटेलाइटको उपयोगका लागि स्याटेलाइट कम्युनिकेसन ९स्याटकम० नेटवर्क स्थापना गर्न भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) र नेपालको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय बीच समझदारी ।
६. दिगो सहरी विकास का क्षेत्रमा प्राविधिक सहकार्यसम्बन्धी दुई सरकारबीच समझदारी ।
७. स्वास्थ्य तथा औषधि का क्षेत्रमा सहकार्यसम्बन्धी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय र नेपालको स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयबीच समझदारी ।
८. पशुपन्छी तथा मत्स्य विकास का क्षेत्रमा सहकार्यसम्बन्धी दुई सरकारबीच समझदारी ।
प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन्।








