images
images

स्वदेश फर्केलगत्तै प्रधानमन्त्री शाहले दिए मोदीलाई धन्यवाद

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्।

दुई दिने भारत भ्रमण सकेर सोमबार स्वदेश फर्किएका शाहले सामाजिक सञ्जालमार्फत भारतीय प्रधानमन्त्री मोदी र भारतका जनतालाई धन्यवाद दिएका हुन्।

प्रधानमन्त्री मोदीको निमन्त्रणामा उनी आइतबार नयाँदिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज भारतीय प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।

द्विपक्षीय वार्तापछि दुई देशबीचका विभिन्न सहयोग तथा परियोजनामा सम्झौता तथा शिलान्याश भएको थियो। आजै दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीस्थित हैदरावाद भवनमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गरेका थिए।

उनी नेपाल एयरलाइन्सको उडानमार्फत सोमबार साँझ स्वदेश फर्किएका छन्।