images
images

भैरहवाको हवाई रुट नेपालले प्रयोग गर्न पाउने सहमति भयो- परराष्ट्रमन्त्री खनाल

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणबारे जानकारी दिँदै सरकारले भैरहवाको आकाश मार्ग नेपालले प्रयोग गर्न पाउने सहमति भएको जानकारी दिएको छ।

भारत भ्रमणबाट फर्केपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले भैरहवाको बाटो प्रयोग गर्न पाउने सहमति भारतसँग भएको तर यसलाई कार्यान्वयनमा लैजान प्राविधिक काम बाँकी रहेको बताए।

बागडोगराको रुट प्रयोग गर्न दिन भारतले माग गरे पनि यसबारे सहमति नभएको स्पष्टोक्ति परराष्ट्रमन्त्री खनालले दिए।

उनले नेपाल र भारतबीचका सीमा विवाद शान्तिपूर्वक तरिकाले सुल्झाउने नेपालको मनोकांक्षा भारतसँग स्पष्ट रूपमा राखेको जानकारी पनि उनले दिए।