images
images

“शहर”

वंश सुदीप व्यास ७,तनहुँपाथ्रा

धेरैकाे सपनाकाे शहर

 कसैकाे रहरकाे शहर

कसैकाे बाध्यताकाे शहर

हेर्दा सुन्दर शहर

बुझ्दा जहरकाे शहर

धेरै आशुकाे शहर

थाेरै हासाेकाे शहर

अैचाे पैचाे नचल्ने शहर

छरछिमेक नचिन्ने शहर

घरहरु जाेडिएकाे शहर

मनहरु फाटिएकाेशहर

असललाई खराब बनाउने शहर

खराबलाई असल बनाउन नसक्ने शहर

दुःशासन भएकाे शहर

तर सुशासन नभएकाे शहर

गाउँहरु निल्ने शहर

प्रदुषण ओकेल्ने शहर

तपाेभुमि मठ मन्दिरकाे शहर

तर आत्मा शुद्ध नभएकाे शहर

धेरैकाे रहरकाे शहर

तर मेराे कहरकाे शहर

धेरैकाे सपनाकाे शहर

तर मलाई ऐठनकाे शहर

यस्तै छ मेराे ऐठनकाे शहर!