images

‘कमेडी दरबार’ शुरु हुदै, असार १४ देखि धमलाको टिभीमा

काठमाडौं– आगामी असार १४ गतेबाट टेलिभिजन कमेडी शो ‘कमेडी दरबार’ प्रसारण हुने भएको छ। बिक्की अगरवाल तथा श्रृद्धा प्रसाईंको संयूक्त निर्देशन रहेको शो प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रबार ९ बजे र ओएसआर डिजिटलबाट प्रसारण हुनेछ।

आइतबार कार्यक्रमको फस्टलुक टिजर सार्वजनिक गर्दै शोका बारेमा जानकारी दिइएको थियो। सार्वजनिक टिजरमा ‘कमेडी दरबार’मा काम गर्ने कलाकारहरुको लुक्स प्रस्तुत गरिएको थियो।

कार्यक्रमलाई चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक बिशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषी धमला लगायतले शुभकामना दिएका थिए।

कमेडीको दुनियामा अर्को नयाँ शो थपिदा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिएकी दीपाश्रीले बजारमा अझै फरक सोंचका साथ यस्तै शोहरु आउनुपर्ने बताएकी थिइन्। यसैगरी विशाल भण्डारीले आफूहरुसँगै काम गरेका भाईहरुले नयाँ शो ल्याउदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए।

पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागी खुसीको कुरा र भोलीका दिनमा टेलिभिजनमा अन्य यस्तै फरक शो र दर्शकको मनमा बस्ने शो ल्याउने जानकारी दिए।

कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ बिकाश लामिछाने, प्रबन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिती थियो। यसपटक शोमा बिक्कीले शोको निर्देशन निर्देशनको मात्र जिम्मेवारी सम्हाल्नेछन्।

उनले भने, ‘म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडी नै बसेर काम गर्न अझ मज्जा आउँछ। त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोंचमा छु।’ ‘कमेडी दरबार’मा महारानीको भूमिकामा देखिन लागेकी अभिनेत्री गौरी मल्लले कमेडीको क्षेत्रमा नयाँ सोंच भएका युवाहरुसँग काम गर्न पाउँदा खुसी लागेको र दर्शकले फरक स्वाद पाउने बताइन्।

उनीसँगै अभिनेता बिजय बराल, अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबि)सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतले आफ्नो भूमिका बारे जानकारी गराएका थिए।

शोमा अर्का कलाकार गायक सिडी बिजय अधिकारी भने सांगितीक कार्यक्रमका लागी देश बाहिर रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन्। शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहेका छन्।

शोको क्रिएटिभ प्रमुख विकाश अर्याल हुन भने प्रोडक्सनमा आयुष लुईटेल छन्।