images

दुर्गा प्रसाईंको बी एण्ड सीलाई १५ दिनभित्र सम्बन्धन दिनू : सर्वोच्चको निर्देशनात्मक आदेश (पूर्णपाठ)

काठमाडौँ : सर्वोच्च अदालतले दुर्गा प्रसाईंको झापास्थित बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन निर्देशनात्मक आदेश दिएको छ।

न्यायाधीश डा. कुमार चुडाल र सारंगा सुवेदीको संयुक्त इजलासले काठमाडौँ विश्वविद्यालय काभ्रेपलाञ्चोक र चिकित्सा शिक्षा आयोग भक्तपुरका नाममा परमादेश जारी गरेको हो। सर्वोच्चले गत चैत १२ गते गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै यस्तो आदेश दिएको हो।

सर्वोच्चले १३ वर्षअघि तोकिएको मापदण्डको पालना पनि गराउन आदेश दिएको छ। विसं २०६८ चैत २४ गते सरकारले मेडिकल कलेजको मापदण्ड र शर्त तोकेको थियो।

चिकित्सा क्षेत्र सुधारका बहानामा वर्षौंदेखि ठूलो धनराशी लगानी गरी सम्बन्धनका मागेको संस्थालाई निषेध गर्न नहुने सर्वोच्चको आदेशमा उल्लेख छ।

बी एण्ड सीले २०७३ फागुन १५ गते काठमाडौँ विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालन तथा सम्बन्धन स्वीकृतिका लागि निवेदन दिएको थियो।

बी एण्ड सीले चिकित्सा शिक्षा ऐन जारी भएपछि पनि सम्बन्धनका लागि २०७६ फागुनमा आयोगमा निवेदन दिएको थियो।