images

नेपाल आइडलका विजेता परियारलाई प्रधानमन्त्रीबाट बधाई, गितार उपहार

काठमाडौं । गायन रियालिटी शो ‘नेपाल आइडल सिजन–५’ का विजेता करण परियारलाई आज (बुधबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालुवाटारमा बोलाएर बधाई दिएका छन् ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले परियारलाई गितार उपहार पनि दिएका छन् । करणलाई बधाई दिँदै प्रधानमन्त्रीले खेल र संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताएका छन् । ‘युवा पुस्ताका हरेक सुखदुःखमा म साथमै छु,’ उनले भने ।

प्रधानमन्त्रीले करणको सांगितिक क्षेत्रमा आफूले निकै राम्रो सम्भावना र भविष्य देखेको बताए । ‘यो क्षेत्रमा तपाईको निकै राम्रो सम्भावना र भविष्य छ । निरन्तर साधनामार्फत तपाईंले देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास मैले लिएको छ,’ करणलाई प्रचण्डले भने ।