images

लमजुङमा पहिरोले ३ घर बगायो, एकै परिवारका ४ जना बेपत्ता

लमजुङ – लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले तीन घर बगाएको छ। पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन्।

गएराति १२–१ बजेतिर गएको पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको वडा सदस्य विनप्रसाद घलेले बताए।

अहिले बेपत्ताहरुको खोजि भईरहेको छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ जाँदै छ।

घटनाको बिषयमा थप विवरण आउन बाँकी छ ।