images
images

असाधारण विद्रोहपछि अब हामीले महाधिवेशनबाट तय गर्नुपर्ने बाटो

                                                                    घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) नेकपा एमालेका केही गम्भीर वैचारिक, सैद्धान्तिक र सांगठानिक विचलनहरूका विरुद्ध विद्रोह गरेर कम्युनिष्ट आन्दोलनलाई सही मार्गदर्शन गर्दै यस आन्दोलनलाई एकीकृत गर्दै फेरि मुलुकको नेतृत्वदायी पार्टीका रुपमा विकसित गछौँ भन्ने संकल्प गरेर स्थापित भएको पार्टी हो ।

त्यस क्रममा समाजवादका लागि आजको ठोस कार्यक्रम लागू गर्न सक्ने पार्टीको निर्माण आजको हाम्रो सबैभन्दा ठूलो चुनौती हो । त्यसका लागि हामीले आजको क्रान्तिकारी संगठनको प्रस्ताव अगाडि सार्नु परेको छ, त्यसका आधारमा नेपालको राजनीतिमा नयाँ वाम–विकल्प निर्माण गर्नु परेको छ ।

हाम्रो उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु हो । किनकि, पुँजीवाद नै आजका समस्त सामाजिक समस्याहरूको जरो हो । समाजवाद मानवीय आदर्शबाट प्रेरित इतिहासका समस्त चिन्तक, दार्शनिक, क्रषिमुनी, समाज सुधारकहरूको ध्येय रहँदै आएको हो । तर, तिनीहरूका प्रयास उपदेश, शुभचिन्ता वा व्यक्तिगत प्रयासमा सीमित थिए ।

समाजवाद निजी इच्छा वा उपदेशबाट होइन समाजमा अन्तरनिहित अन्तर्विरोधबाट अर्थात् पुँजीपति वर्गका विरुद्ध श्रमजीवी वर्गको संघर्षबाट आउँछ भनेर कार्ल मार्क्स र एंगेल्सले देखाए । पुँजीवादले उत्पादनको व्यवस्थालाई बढिभन्दा बढी सामाजिक बनाउँदै तर स्वामित्वलाई केन्द्रीकृत गर्दै लैजान्छ । सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वको अन्तर्विरोध समाधान नहुने ठाउँमा पुग्छ र चुँडिन्छ भन्ने कुरा उनीहरूले तथ्य र तर्कद्वारा स्पष्ट पारे । समाजवादी विचार, आदर्श वा इच्छाहरूलाई केवल आदर्श कल्पनाको विषय होइन बरु सामाजिक–व्यवहारिक विषय हो भनेर उनीहरूले पुष्टि गरेको हुँदा हामीले यसलाई वैज्ञानिक समाजवाद भन्छौँ ।

मार्क्स–एङगेल्सले सामाजिक अध्ययनको जुन पद्धति विकसित गरे, त्यसले हामीलाई सबै विषयमा अध्ययन गर्ने आधार दिन्छ । त्यसैले ती विचार प्रणालीलाई मार्क्सवाद भनियो । विचारहरूको त्यस प्रणालीमा असंख्य चिन्तक, सिद्धान्तकार तथा बौद्धिकहरूले योगदान गरे र समाजवादी विचार तथा सिद्धान्तलाई समृद्ध पारे । तिनीहरूमध्ये भ्लादमिर लेनिनले मार्क्सवादको व्याख्या र प्रयोगलाई अझ माथिल्लो उँचाइमा पुग्याउन योगदान गरे ।

रुसी समाजवादी क्रान्तिको नेतृत्वका क्रममा उनले मार्क्सवादलाई पुँजीवादी समाजमा श्रमजीवी वर्गको मुक्ति र उपनिवेशहरूमा राष्ट्रिय स्वाधीनताको सिद्धान्तका रुपमा स्थापित गरे । मार्क्सवादमा लेनिनका योगदानहरूलाई लेनिनवाद भनियो । समाजवादी आन्दोलनलाई बाटो देखाउने हुँदा मार्क्सवाद–लेनिनवाद हाम्रो मार्गदर्शक सिद्धान्त बन्न गयो ।

विगतका अनुभव

१. नयाँ जनवादी सिद्धान्तले कम्युनिष्ट पार्टीलाई नेपालको श्रमजीवी वर्गमा स्थापित ग¥यो । समाजमा हेपिएका मजदुर, किसान, सुकुम्वासीलगायत वर्ग र समुदायलाई सामन्ती शोषण–दमनका विरुद्ध राजनीतिक आन्दोलनमा ल्यायो । उनीहरूलाई संगठित आन्दोलनमा उता¥यो । त्यसले नेपाली राजनीति र साहित्य तथा संस्कृतिमा समेत ठूलो क्रान्तिकारी परिवर्तन ग¥यो ।

इतिहासको चालकशक्ति र निर्माता श्रमजीवी वर्ग हो भन्ने तथ्यलाई समाजमा स्थापित गर्ने, राजतन्त्रको ठाउँमा श्रमजीवी जनताको गणतन्त्रको चेतना फैलाउने काम राजनीतिक तथा बौद्धिक हिसाबले ऐतिहासिक महत्वको काम थियो । नेपालको संविधानमा ’समाजवादउन्मुख’ भन्ने अवधारणा नेपालको वर्गीय आन्दोलनकै योगदान हो । त्यस्तै, नेपालको राष्ट्रिय स्वाधीनता तथा स्वतन्त्रताको रक्षा गर्न कम्युनिष्ट आन्दोलनले खेलेको भूमिका उत्तिकै महत्वको विषय हो ।

२. जनताको बहुदलीय जनवादले कम्युनिष्ट पार्टीलाई प्रचलित लोकतान्त्रिक मूल्यहरूसँग सघन रूपले परिचित गरायो । लोकतान्त्रिक आन्दोलनमा कम्युनिष्ट पार्टीले खेलेको भूमिकाको महत्वलाई समाजमा स्थापित गर्ने र कम्युनिष्ट पार्टीको सामाजिक दायरालाई विस्तार गर्ने अवसर दियो ।

खास गरी २०४७ सालको संविधानपछि कम्युनिष्ट पार्टीले अरू बुर्जुवा पार्टीहरूसँग प्रतिस्पर्धामा खडा भएर चुनौती दिन राजनीतिक बाटो खोल्यो । र, विश्वव्यापीकरण कम्युनिष्ट आन्दोलनले व्यहोरिरहेको कठीन अवस्थामा नेपालमा कम्युनिष्ट पार्टीलाई प्रभावकारी हैसियतका साथ उभिने परिस्थितिको निर्माण गर्न ठूलो भूमिका खेल्यो ।

३. जनयुद्धले कम्युनिष्ट पार्टीलाई नेपाली समाजका जातीय, लैङ्गिक, क्षेत्रीय विविधता र विभेदसँग बढी परिचित गरायो । र, भत्किरहेको पुरानो सामन्ती सामाजिक–सांस्कृतिक बनोटमा जबरजस्त धक्का दियो । त्यसले सामाजिक मुद्दाहरूलाई नेपाली राजनीतिको अग्रभागमा ल्याइदियो र सामाजिक–सांस्कृतिक विभेदका विरुद्ध महिला, दलित, जनजाति, मधेसी, अल्पसख्यकहरुलाई संगठित रच्यो । गणतन्त्रको मुद्दालाई बौद्धिक विमर्श र राजनीतिक प्रचारको तहबाट आन्दोलनको क्रियात्मक नाराको तहमा ल्यायो ।

४. उपरोक्त अनुभवहरू र उपलब्धिहरूका आधारमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका साथै जनवादी क्रान्ति सम्पन्न ग¥यौँ । हाम्रा अनुभव र अध्ययनका आधारमा हामी नेपाली समाज र राजनीतिको अबको दिशा समाजवादी हो भन्ने निष्कर्षमा पुगेका छौँ ।

यो निष्कर्ष नेपालका सबैजसो कम्युनिष्ट तथा माक्र्सवादीहरुको साझा विचार बनेको छ । समाजवाद निर्माणको कार्यक्रम र संगठन निर्माणका ठोस प्रस्तावले आजका राजनीतिक तथा सामाजिक जटिलताहरूलाई चिर्दै अगाडि बढ्नका लागि हामीलाई बाटो देखाउने छ । र, नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने सैद्धान्तिक, कार्यक्रमिक र सांगठानिक आधार तयार हुनेछ ।

नेपाली समाजको चरित्र र अन्तर्विरोध

बाध्यात्मक श्रम सम्बन्ध उन्मुलन भैसकेको र त्यसका ठाउँमा आफ्नो श्रम बेच्न वा नबेच्न पाउने श्रम सम्बन्ध स्थापित भैसकेको छ । भूमिमा दैवी सिद्धान्तमा आधारित सामन्ती स्वामित्व उन्मुलन भैसकेको र दशकौँदेखि जमिनको स्वतन्त्रपूर्वक किनबेच भइरहेको, जमिनदार भएकै आधारमा वा कुनै कूल वा वंशको भएकै आधारमा राजनीतिक तथा सामाजिक विशेषाधिकारहरूको प्रयोग गर्ने व्यवस्था उन्मुलन भैसकेको छ ।

ज्याला र नाफा नै सबै जनसङ्ख्याको आय श्रोत भएको, जनताले निर्वाचन गरेर राज्य व्यवस्था सञ्चालन हुने व्यवस्था स्थापित भैसकेको, अझ कम्युनिष्ट पार्टीले आफ्ना प्रतिनिधि राज्यसत्तामा पठाउन थालेकै तीस वर्षभन्दा बढी भैसकेको, समग्रतामा पुरानो सामन्ती अर्थतन्त्र र सँगसँगै राजनीतिसमेत उन्मुलन भैसकेको, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको छ ।

संविधानले व्यक्ति र समुदायका अधिकारहरू स्थापित गर्दै राज्यको चरित्र समाजवादउन्मुख भनेर निर्दिष्ट गरिसकेको लगायतका तथ्यहरूले हाम्रो समाज पुँजीवादी हो भन्ने निष्कर्ष निशन्देहरुपमा स्थापित गरेका छन् । उत्पादक पुँजी त्यस्तो लगानी हो जसले श्रमलाई उद्यममा ल्याउँछ र मूल्य सिर्जना गर्छ । उत्पादनको यस प्रक्रियामा पुँजीपतिको नाफा (पुँजी) बढ्छ, त्यसले उत्पादनका नयाँ साधन र नयाँ श्रममा लगानी बढाउँछ ।

बढेको उत्पादनका साधन र श्रमले फेरि अझ ठूलो मात्रामा पुँजी बढाउँछन् । यसरी पुँजी बढ्ने क्रममा उत्पादनका साधन र श्रममा वृद्धि हुँदै जाने पुँजीको चरित्र उत्पादक वा औद्योगिक पुँजी हो । पुँजी विकासको यस प्रक्रियामा पछौटे गुजारामुखी कृषि श्रम पनि उद्यममा आउन थाल्छ ।

अर्थात् रोजगारी सिर्जना हुन्छ र श्रमिकको जीवनका नयाँ आर्थिक, सामाजिक–सांस्कृतिक तथा राजनीतिक क्षेत्रहरू खुल्दै जान्छन् । संक्षेपमा, हिजोको पछौटे गुजारामुखी कृषिमा टिकेको पुरानो समाजको ठाउँमा नयाँ उद्यमशील तथा सृजनशील समाजको विकासका लागि ढोकाहरू खुल्दै जान्छन्। इतिहासमा पुँजीवादले खेल्ने प्रगतिशील भूमिका यही हो ।

त्यसका विपरीत पुँजी निर्माणको अर्को प्रक्रिया छ । जसमा पुँजी÷नाफामा वृद्धि हुँदै जान्छ तर, उत्पादनका साधन र श्रममा वृद्धि हुँदैन । अर्थात् त्यस्तो पुँजीले पछौटे गुजारामुखी कृषि श्रमलाई उद्यममा ल्याउँदैन, उत्पादनका साधनमा वृद्धि गर्दैन ।

यस्तो पुँजीको विकासले एकातिर पछौटे श्रमलाई कृषिमा टिक्न पनि दिँदैन । किनकि, बजारको विस्तारले गरिब किसानलाई कृषिमा टिक्नै नसक्ने बनाउँछ भने अर्कोतिर त्यस्तो पुँजीले नयाँ उद्योग नखोल्ने भएकोले कृषिबाट उखेलिएको त्यस श्रम शक्तिलाई उद्यममा पनि आउन दिँदैन ।

वर्षभरि काम गरेर मुएिकलले खानमात्रै पुग्ने वा खानसमेत नपुग्ने जनसङ्ख्या बेरोजगारी, अर्ध बेरोजगारीको चपेटामा पर्दै जान्छ । पुँजीको यो चरित्र अनुत्पादक वा दलाल हो । अर्थतन्त्रमा कृषिको योगदान घट्नु तर उद्योगको योगदान नबढ्नु, निर्यात घट्दै जानु र आयात बढ्दै जानु अर्थात् व्यापार घाटा बढ्नु, रोजगारी नबढ्नु बरु वैदेशिक रोजगारीका लागि युवा श्रमको पलायन भैरहनुजस्ता प्रवृत्तिले हाम्रो अर्थतन्त्रमा अनुत्पादक वा दलाल पुँजीको वर्चस्व रहेको कुरा स्पष्ट पार्छन् ।

पुँजीको यस्तो चरित्रले राजनीति, न्याय प्रशासनलगायत सबै क्षेत्रमा प्रभाव जमाउँदै जाँदा समग्र समाजमाथि दलाल पुँजीको नियन्त्रण कायम हुन पुगेको छ । अनुत्पादक तथा दलाल पुँजीवाद विश्वव्यापी वित्तीय पुँजीवादकै अङ्ग हो, चरित्र हो । राज्यका ओहोदामा बसेर भ्रष्टाचारबाट आर्जन गर्ने वा राज्य दोहन गरेर आर्जन गर्ने धनलाई नोकरशाही पुँजी भनिन्छ ।

मिटरव्याजलगायतका तरिकाबाट गरिने आर्जन सूदखोरीकै रूपहरू हुन् । त्यस्ता चरित्र अनुत्पादक हुन्छ । पुँजीको त्यही अनुत्पादक तथा दलाल चरित्रले नै नेपालमा साम्राज्यवाद, एकाधिकार पुँजीवाद, वित्तीय पुँजीवाद, पराश्रयी पुँजीवादको पनि प्रतिनिधित्व गर्छ । नेपालको समृद्धि र समाजवाद निर्माण गर्ने बाटोमा आजको मुख्य तगारो बनेको हुँदा दलाल पुँजीवादसँग श्रमजीवी र अरू जनवर्गको अन्तर्विरोध मुख्य अन्तर्विरोध हो । त्यसैले त्यस अन्तर्विरोधको समाधान गर्ने तात्कालिक कार्यभारमा आधारित भएर समाजवाद निर्माणको लक्ष्य बोक्न सक्ने पार्टी संगठनको निर्माण आजको सबैभन्दा महत्त्वपूर्ण कार्यभार हो ।

दलाल पुँजीवादसँग जुध्नु भनेको दलाल पुँजीवादलाई संरक्षण गर्ने राजनीतिक, सामाजिक –सांस्कृतिक तथा बौद्धिक प्रवृत्तिसँग जुध्नु हो । मूलतः दलाल पुँजीवादलाई प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका नीतिहरूका विरुद्ध जनतालाई गोलबन्द गर्नु हो । हाम्रोजस्ता समाजमा त्यसको थोरै वा धेरै प्रभाव सबै पार्टीहरूमा हुन्छ । स्वयं कम्युनिष्ट पार्टीमा पनि कुनै न कुनै रुपमा दलाल पुँजीका प्रशस्त प्रभाव हुन्छन् ।

दलाल पुँजीवादसँग जुध्नु भनेको दलाल पुँजीवादलाई संरक्षण गर्ने राजनीतिक, सामाजिक –सांस्कृतिक तथा बौद्धिक प्रवृत्तिसँग जुध्नु हो । मूलतः दलाल पुँजीवादलाई प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका नीतिहरूका विरुद्ध जनतालाई गोलबन्द गर्नु हो । हाम्रोजस्ता समाजमा त्यसको थोरै वा धेरै प्रभाव सबै पार्टीहरूमा हुन्छ । स्वयं कम्युनिष्ट पार्टीमा पनि कुनै न कुनै रुपमा दलाल पुँजीका प्रशस्त प्रभाव हुन्छन् ।

दलाल पुँजीले राजनीतिमा दलालीलाई सघाउँछ, राजनीतिको दलालीले आर्थिक क्षेत्रको दलालीलाई संरक्षण गर्छ । विश्वव्यापी वित्तीय पुँजीवादलाई वा आजको नवउदारवादी प्रणालीलाई सिद्धान्त र कार्यक्रमका रुपमा स्वीकार गर्ने पार्टीहरू यो या त्यो रुपमा, सानो वा ठूलो शक्तिका साथ दलाल पुँजीवादकै सेवा गरिरहेका हुन्छन्। दलाल पुँजीवादको राजनीतिक तहमा विरोध गर्नु भनेको ती पार्टीका विरुद्ध आम जनसमुदायलाई गोलबन्द गर्दै राष्ट्रिय पुँजीको विकास र समाजवादको तयारी गर्दै अगाडि बढ्नु हो ।

अबको लक्ष्य समाजवाद

जनवादी क्रान्ति सम्पन्न भैसकेको हुँदा अबको हाम्रो लक्ष्य समाजवाद हो । समाजवादको निर्माण उत्पादक ÷ औद्योगिक पुँजीको पर्याप्त विकास भएपछि त्यसका जगमा सम्भव हुन्छ । विगत एक सय वर्षको समाजवाद निर्माणका अनुभवले पनि के बताउँछन् भने पुँजीवादबाट समाजवादमा सङ्क्रमणको लागि लामो समय आवश्यक पर्छ ।

यस प्रक्रियामा अनेकौँ चरण भएर गुज्जिनु पर्ने अवस्था आउँछ । दलाल पुँजीको वर्चस्व भएको हाम्रो मुलुक राष्ट्रिय पुँजीको निर्माणको चरणबाट गुज्जिनै पर्छ जसले दलाल पुँजीवादसँग श्रमजीवी वर्गको अन्तर्विरोधको समाधान गर्छ ।

त्यसैले आज जनताले प्राप्त गरेका लोकतान्त्रिक–गणतान्त्रिक अधिकारहरूलाई राजनीतिक तहमा मात्र सीमित हुन नदिई ती अधिकारहरूलाई सामाजिक–आर्थिक क्षेत्रमा विकास गर्दै दलाल पुँजीवादलाई साँघुन्याउँदै र त्यसलाई राष्ट्रिय पुँजीमा रूपान्तरण गर्दै, सामाजिक न्यायको दायरालाई अझ बढाउँदै, समाजवादको आधार तयार गर्दै अगाडि बढ्नु नेपाली क्रान्तिको तात्कालिक कार्यदिशा हो । यस विशेषतालाई ध्यान दिएर हाम्रो कार्यक्रम र सांगठानिक दिशा निर्धारण गर्नु पर्छ ।

समाजवाद पुँजीवादको ठाउँमा स्थापित हुने नयाँ व्यवस्था हो । निजी पुँजीमा आधारित समाजको सिंगो व्यवस्थालाई विस्थापित गरेर निर्माण गरिने आर्थिक, राजनीतिक, सामाजिक तथा सांस्कृतिक व्यवस्था हो । नयाँ र सिङ्गो व्यवस्थाका रुपमा त्यो समस्त मानवताजीको व्यवस्था हो ।

नेपालको समाजवाद पनि त्यही विश्व व्यवस्थाको एउटा अङ्गका रुपमा निर्माण हुँदै जानेछ । भिन्न भिन्न मुलुकको वस्तुगत अवस्थाअनुसार समाजवादको निर्माण भिन्न भिन्न रुपमा र विभिन्न चरण हुँदै निर्माण हुनेछ । समाजवाद निर्माणको आजको चरणमा हामीले दलाल पुँजीवादलाई अन्त्य गर्नु पर्नेछ । अर्थात् यस चरणमा हाम्रो मुख्य कार्यभार अर्थात् कार्यक्रमले दलाल पुँजीवादसँग नेपाली श्रमजीवी तथा अन्य जनवर्गको अन्तर्विरोधलाई समाधान गर्नेछ ।

असाधारण विद्रोह

हामीले गरेको विद्रोह नेपालको कम्युनिष्ट आन्दोलनमा एउटा असाधारण घटना हो । किनकि, एउटा क्रान्तिकारी पार्टीको निर्माण दीर्घकालीन र धेरै कठिन काम हो । तर, हामीले त्यो दायित्व कबोल गरेका छौँ र सम्पूर्ण प्रयत्नका साथ क्रियाशील छौँ, जुन महत्त्वपूर्ण र युगीन कुरा हो ।

यस प्रक्रियामा हामीले सामना गर्ने व्यवधान र असफलताहरूको शिक्षाले हामीलाई अझ बढी क्रान्तिकारी बनाउने छ । पार्टी निर्माणका बाह्य चुनौतीको समीक्षा गरेर मात्रै हाम्रो कार्यभार ठिकसँग निर्क्योल हुन सक्दैन । संगठन निर्माणमा हामीले आज सामना गरिरहेका आन्तरिक समस्याहरूका बारेमा यथार्थपरक भएर छलफल गर्नु पनि उत्तिकै क्रान्तिकारी काम हो । आजको संगठनका समस्याबारे छलफल गर्दा ती समस्या कुन परिस्थितले उत्पन्न गस्यो भन्नेबारे छलफल गर्नु आवश्यक छ ।

१, नवौँ महाधिवेशनले जुन विचार तथा सिद्धान्तहरू पारित गस्यो त्यसको विपरीत कित्ताबाट नेतृत्वको निर्वाचन गरेपछि एकपछि अर्को समस्या थपिँदै गए र दुर्घटना भयो । नेतृत्वले पार्टीलाई विचारहीन बनाउँदै लग्यो । पार्टीमा वैचारिक–सैद्धान्तिक छलफल हराउँदै गयो । राजनीतिमा व्यक्तिवादी अवसरवाद र सङ्गठनमा गुटबन्दी बढ्दै गयो ।

राजनीति र संगठनका समस्या नै पार्टीमा मुख्य बन्दै गए । अर्थात् विचार–सिद्धान्तका बहस तथा छलफल परिपक्व भएर त्यसले राजनीतिक र साङगठानिकरुप लिन नपाउँदै विद्रोहका रुपमा हाम्रो पार्टी गठन भयो । संसद् विघटनपछि तीव्र भएको राजनीतिक अन्तर्विरोध विकसित हुँदै जाँदा हामीले नेकपा (एकीकृत समाजवादी) को स्थापना ग¥यौँ । जसले गर्दा विद्रोहमा सामेल भएको ठूलो पङ्क्तिले हाम्रा वैचारिक तथा सैद्धान्तिक दिशाले कस्तो राजनीतिक निर्णय र संगठनको माग गर्छ भन्ने बुझ्न सकेन ।

पार्टी केन्द्रको स्थापनापछि देशव्यापी राजनीतिक प्रशिक्षण र संगठन निर्माणमा सम्पूर्णरुपले केन्द्रित हुन सकिएन । एकपछि अर्को निर्वाचनको तयारीबारे ध्यान दिनुपर्ने, हाम्रो पार्टीको वैधानिकतामाथि खडा गरिएको चुनौतीसँग लड्नु पर्ने, कैयन् महत्वपूर्ण संसदीय मामिलाहरूलाई किनारा लगाउनुपर्ने, सरकारमा हाम्रो सहभागिताले उत्पन्न दायित्वहरू पूरा गर्नु पर्नेजस्ता परिस्थितिले पार्टी निर्माणको प्रक्रियामा अनेकन्समस्याहरु आइपरे ।

२, जुनसुकै विद्रोहको उथलपुथलका समयमा विभिन्न कारणले ठूलो संख्यामा मानिसहरू उद्वेलित हुन्छन् । ती मूलतः दुई खालका हुन्छन्।

पहिलो, पुरानो सत्ताले क्रान्तिकारी विचार–सिद्धान्त परित्याग गरेको र त्यसलाई भित्रैबाट सुधार्न असम्भव देखेपछि क्रान्तिको बाटो खोल्ने उद्देश्यले विद्रोहमा सामेल हुन्छन्। उनीहरू विद्रोहका उतार चढावबाट आत्तिँदैनन्। उनीहरूका पनि निजी चाहाना वा आशा त हुन्छन् तर, त्यो उनीहरूका लागि दोस्रो कुरा हो । नयाँ क्रान्तिकारी पार्टी कसरी बनाउन सकिन्छ भन्ने कुरा उनीहरूका लागि मुख्य विषय हुन्छ । निजी विषयलाई लिएर उनीहरूले सामूहिक उद्देश्यलाई कमजोर बनाउँदैनन् । यस्ता व्यक्तिहरू क्रान्तिकारी विद्रोही हुन् ।

दोस्रो, कैयन्मानिसहरु हिजोको सत्ताले आफूलाई केही दिएन भनेर त्यसको बदला लिन आउँछन् भने कतिपय मानिसहरू व्यक्तिगत बहादुरीको प्रदर्शन गर्न र चर्चित हुन विद्रोहमा आउँछन्। त्यस्तै, कतिपयले विद्रोहले जित्यो भने नयाँ सत्तामा आफ्नो हैसियत माथि पुग्छ र त्यसबाट फाइदा लिन सकिन्छ भन्ने देखेका हुन्छन् । यिनीहरू पार्टी र क्रान्तिको बारेमा कम चासो राख्छन् तर, आफ्नो पद, प्रतिष्ठा, चर्चा, फाइँदाका लागि प्रयास गरिरहन्छन् ।

यिनीहरूमध्ये एउटा पङ्क्ति निरन्तर प्रशिक्षण र सङ्घर्षले क्रान्तिकारी विद्रोही बन्न सक्छ भने अर्को पङ्क्ति विद्रोही मात्रै रहिरहन्छ, पार्टी निर्माणमा समस्या बनिरहन्छ । यिनीहरूले सामूहिक विधि–विधान अवज्ञा गर्न सक्छन् । विद्रोहमा जसरी आएका थिए, त्यसै गरी जान सक्छन् । अवसर नै उनीहरूका लागि सिद्धान्त हो, क्रान्ति हो, पार्टी हो, सबै थोक हो । यी सबै प्रवृत्तिहरूको यथोचित मूल्याङ्कन गरेर पार्टी कमिटी, विभाग र जनसङ्गठन निर्माण गर्नका लागि हामीले आवश्यक समय पाएनौँ ।

उत्पादनसँग जोडिएको, भ्रष्टाचार मुक्त पार्टी

पार्टीको हरेक सदस्य आफ्नै आर्जित आयमा बाँच्छ, आफ्नो आयमा राज्यले लगाएको कर इमानदारीका साथ चुक्ता गर्छ र आफूले तिरेको करको सदुपयोग सरकारले गरेको छ कि छैन भन्ने कुरामा सचेत रहन्छ भन्ने कुराको सुनिश्चित गर्नु पर्छ ।

आज नै यस्तो गर्न सकिन्न तर थालनी गर्नु पर्छ र त्यो माथिबाटै सुरु गर्नु पर्छ । यसले पार्टीमा दलाल पुँजीवादले नेतृत्व गरेको छैन भन्ने कुराको ग्यारेन्टी गर्छ, राष्ट्रिय पुँजीको विकासलाई सहज बनाउँछ । तर, आफूले तिरेको करको सदुपयोग भएको छ कि छैन भन्ने कुरामा निरन्तर ध्यान दिने कुराले सामाजिक न्यायप्रति उसको प्रतिबद्धतालाई अभिव्यक्त गर्छ ।

सीमान्त श्रमजीवी वर्गलाई विद्यमान उत्पादन सम्बन्धबाट मुक्त गर्नु, मुलुकलाई पराधीनताबाट मुक्त गर्नु, श्रमजीवी वर्गको जीवनस्तर उकास्नु, सामाजिक विभेदबाट जनतालाई मुक्त गर्नु, न्यायपूर्ण तथा प्रगतिशील समाजको निर्माण गर्नु, भ्रष्टाचार अन्त्य गर्नु, दलाल पुँजीवादलाई साँघुप्याउँदै जानु, राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादी भविष्यको आधार तयार गर्नु हाम्रो कार्यदिशाको सार हो । यसैले सबैभन्दा पहिले पार्टीको सम्पूर्ण पडित यस उद्देश्यमा स्पष्ट हुनु पर्छ । पार्टी सदस्यले पार्टी सदस्यता प्राप्त गर्दा नै यी विषयमा प्रशिक्षण लिएको सुनिश्चित गर्नुपर्छ ।

विभिन्न स्तरका पार्टी कमिटी र तिनका सदस्यले आआफ्नो कार्यक्षेत्रमा सहकारी र सार्वजनिक पुँजीको विकासमा प्रत्यक्ष रूपले भूमिका खेल्नु पर्छ । उत्पादक निजी पुँजीलाई उपयुक्त वातावरण दिनुपर्छ, उद्यमशीलतालाई बढाउनु पर्छ । हरेक कमिटीहरूसँग शिक्षा, स्वास्थ्य, गरिबी निवारण, महिला अधिकार, जातीय विभेद, भ्रष्टाचार निवारण, प्रतिव्यक्ति आयमा वृद्धि, वातावरण संरक्षण, सीप विकास तथा रोजगारी प्रवर्द्धन, विद्युतिकरण, सार्वजनिक सुरक्षाजस्ता सार्वजनिक क्षेत्रका योजना हुनु पर्दछ ।

यस प्रक्रियामा हरेक सदस्य र कमिटीले लोकतान्त्रिक विधि र मूल्यहरूको अभ्यास गरेको हुनु पर्छ । साथै, ती योजना पूरा गर्न सम्बन्धित कमिटी र सदस्यले खेलेको भूमिकामा आधारमा तिनको योग्यता निर्धारित हुने व्यवस्था गर्नु पर्छ । गुटले सदस्यको मूल्याङ्कन गर्ने विकृतिको ठाउँमा हरेक सदस्यको पारदर्शी मूल्याङ्कन हुन्छ । दलाल पुँजीवादी वा रुढिग्रस्त सांसदवादी गुटबन्दी हराउँदै जान्छ र क्रान्तिकारी सहकार्यको विकास हुँदै जान्छ ।

सरकारका कामको नीतिगत निर्देशन गर्ने जिम्मेवारी त्यस स्तरका पार्टी कमिटीको हुनुपर्छ । पार्टीले सरकार सञ्चालन गर्ने विधिलाई कडाइका साथ पालना गर्नुपर्छ । हरेक स्तरका सरकारमा गएका व्यक्तिहरूको मूल्याङ्कन पनि राष्ट्रिय पुँजीको विकासमा उसले गरेको योगदान, सामाजिक न्यायका लागि उसले खेलेको भूमिका र उसले अवलम्बन गरेको लोकतान्त्रिक अभ्यासका आधारमा गर्नुपर्छ ।

जनसङ्गठनहरू पार्टी निर्माणका लागि ब्याड हुन् । बाहिरबाट हेर्दा तिनीहरू स्वतन्त्र सामुदायिक सङ्गठनजस्ता देखिन्छन्। पार्टीबाट हेर्दा तिनीहरू पार्टीका अंंगका रुपमा देखिन्छन् । आजका जनसङ्गठनको अवस्थाले भोलिको पार्टीको अवस्था निर्धारित हुन्छ । त्यसैले पार्टीका जनगठनको काम पनि पार्टीको कार्यक्रमअनुसार निश्चित गर्नुपर्छ । सम्बन्धित क्षेत्र वा समुदायका सबैभन्दा अगुवा

मानिसहरू हाम्रा जनसङ्गठनमा आएको सुनिश्चित गर्न सकिएन भने हाम्रा जनसङ्गठनहरू पार्टी र समाजका लागि बोझ मात्रै हुनेछन्।

हरेक तहमा नेतृत्वको योग्यता निर्धारण

सङ्गठनमा सदस्यका कामको मूल्यांङ्कन धेरै महत्वको विषय हो । भूमिगत कालमा कामका क्षेत्रहरू सीमित थिए, पार्टी सदस्यहरू पनि थोरै थिए । त्यसले गर्दा कार्यकर्ताको मूल्याङ्कन तुलनात्मकरुपले सजिलो थियो । अहिले हामी कामका असंख्य क्षेत्रहरू र हजारौँ÷लाखौँ पार्टी सदस्य हुने अवस्थामा छौँ । त्यसैले मूल्यांकनको विधि अझ वैज्ञानिक बनाउनु आवश्यक छ । अझ विद्रोहका क्रममा बनेको हाम्रो पार्टीमा मूल्याङ्कनको विधि स्थापित भएको छैन ।

जसले गर्दा जनवादी केन्द्रीयताको अभ्यास अझ कठिन हुनु स्वाभाविक छ । कुनै पनि श्रेणिबद्ध सङ्गठनमा माथिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूको जिम्मेवारी बढी हुन्छ । त्यसलाई बढी अधिकारको अर्थमा बुझ्ने तर, कर्तव्यको अर्थमा नबुझ्ने प्रबृत्ति आमरुपमा पाइन्छ । वस्तुतः कर्तव्य पालनामा आधारित नभएको अधिकारको अभ्यास केवल शक्ति प्रदर्शन मात्रै हुन्छ भन्ने कुरा हामीले हेक्का राख्नुपर्छ ।

(महासचिव घनश्याम भुसालले केन्द्रीय कमिटीमा प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदनको सम्पादित अंश ।)