
काठमाडौं, ७ बैशाख – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ।
हिजो लामिछानेकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आजका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए।
उक्त रिट एकल इजलासले सनुवाइ गर्नेछ।
यसअघि लामिछानेलाई थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजालसले गरेको आदेश बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको थियो।
चैत ३१ गते भएको सुनुवाइमा सर्वोच्चले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो। लामिछाने हाल रूपन्देही कारागार कार्यालयमा थुनामा छन्।