images
images

चीनविरुद्ध अन्य देशलाई नभड्काउन सीको चेतावनी

काठमाडौँ, ८ बैशाख – चीनका राष्ट्रपति सी जीनपिङले चीनविरुद्ध ‘व्यापार खुम्च्याउ’ने प्रयास विश्वकै लागि घातक हुन सक्ने चेतावनी दिएका छन् ।

चीनले स्पष्ट रूपमा आफूलाई नोक्सान पुर्‍याउने उदेश्य साथ अमेरिकासँग गरिने व्यापार सम्झौताहरू विश्वकै लागि खतरनाक हुने चेतावनी दिएका हुन् ।

 

चेतावनीस्वरूप चीनले भन्यो ‘मिथ्या शान्तिको आशामा गरिने तुष्टिकरणले साँच्चिकै शान्ति ल्याउँन सक्दैन् ।’ अन्तराष्ट्रिय समाचार एजेन्सी रायटर्सका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अरू देशहरूलाई चीनसँगको व्यापार सीमित गर्न दबाब दिने तयारी गरिरहेको छ, जसको सट्टामा ती देशहरूलाई अमेरिकी भन्सार छुट दिने प्रस्ताव गरेको जनाइएको छ ।

जसको कडा विरोध गर्दै बेइजिङले अन्य देशहरूलाई चेतावनी दिँदै भनेको छ यदि कसैले चीनको हितमा आँच पुग्ने गरी अमेरिकासँग सम्झौता गर्छ भने, त्यसका विरुद्धमा ‘कडा जवाफि कदमहरु चालिने छ ।’

चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताका अनुसार ‘चीनलाई खुम्च्याएर या तुष्टिकरण पालेर शान्ति आउँदैन् र सम्झौताका लागि आत्मसमर्पण गर्नु उचित र योग्य हुँदैन ।’

चीनले थप्यो ‘अरूको हित र नाफाको मूल्यमा आफ्नै छोटो समयको स्वार्थ खोज्नु भनेको बाघको छाला खोज्नु जत्तिकै खतरनाक विषय हो ।’