images
images

सानिमा बैंकद्वारा बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन

काठमाडौ- सानिमा बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आफ्नो लोकप्रिय ‘बससेवा क्यासब्याक अभियान’ पुनः सञ्चालनमा ल्याएको छ ।

अघिल्लो अभियानमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया र सफलतालाई मध्यनजर गर्दै बैंकले यो योजनालाई निरन्तरता दिएको हो ।

यस अभियान अन्तर्गत, ग्राहकहरूले बससेवामार्फत बस टिकट खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गरेमा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

नेपालभित्रको यात्राका लागि १५% वा अधिकतम २०० रुपैयाँसम्म र भारत यात्राका लागि १५% वा अधिकतम ४०० रुपैयाँसम्म क्यासब्याकको व्यवस्था गरिएको छ । यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुने बैंकले जनाएको छ ।

नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लक्ष्यका साथ सानिमा बैंकले विभिन्न क्षेत्रमा यस्ता छुट तथा क्यासब्याक योजनाहरू ल्याउँदै आएको छ ।

बससेवाका अतिरिक्त बैंकका कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट र व्यापारिक प्रतिष्ठानहरूमा पनि विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय र १२७ एटीएममार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।