images
images

रास्वपाले चयन गर्‍यो मुख्य सचेतक र सचेतक

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाका लागि मुख्य सचेतक र सचेतक चयन गरेको छ।बिहीबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गर्ने निर्णय गरेको हो । यस्तै, सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरिएको पार्टीले जनाएको छ।

बुर्लाकोटी गोरखा-२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार र धिताल समानुपातिक प्रणालीबाट निर्वाचित भएका थिए ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले १२ संसदीय समितिका सभापतिहरू पनि टुंगो लगाएको छ ।