काठमाडाैं -नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पनि जारी रहने भएकाे छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामाबुधबारदेखि शुरु भएको बैठक बिहीबार पनि बिहान ११ बजे बस्न लागेको हो । बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने बारेमा निर्णय गर्नेछ । यसैगरि वरिष्ठ अधिवक्ता यदुनाथ खनालको समितिले बुझाएको गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमाथि पनि केन्द्रीय समिति बैठकमा छलफल हुनेछ ।
कांग्रेसले कार्की आयोगको प्रतिवेदन अध्ययन गरी राय–सल्लाह–सुझावसहितको प्रतिवेदन बुझाउन खनालको संयोकत्वमा अध्ययन समिति गठन गरेको थियो । काग्रेस बैठकमा सामाजिक सञ्जालमा बढ्दो विकृति तथा साइबर बुलिङप्रति पनि छलफल हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएकाे छ।
पार्टीभित्र मर्यादाक्रम व्यवस्थापन, सदस्यता प्रणालीको डिजिटाइजेशन र निर्वाचन ब्यूरो गठन तथा प्रशिक्षण प्रतिष्ठान स्थापना लगायतका एजेन्डामा पनि छलफल हुने भएकाे हाे ।







