काठमाडौँ– सुनसरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै सरकारलाई पत्र लेखेका छन् ।
बिहीबार नेपाल सरकार र कानुन मन्त्रीलाई सम्बोधन गर्दै उनले देशको विकास नहुनुको मुख्य जड प्रशासनिक अल्झन र कर्मचारी संयन्त्रको कार्यशैली रहेको औँल्याउँदै कानुनी प्रणालीमै ठुलो शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् ।
हेर्नुहोस् पत्र :









