images
images

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

काठमाडौँ–  प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ ।

पूर्व सभासद् सुनिलबाबु पन्तले ब्यूरोमा उजुरी दिएका हुन् ।  शाहले ‘रअ बार्ज’ मा गरेको ब्याटल युट्युबबाट हटाउनु पर्ने पन्तले निवेदनमा उल्लेख गरेका छन् ।

उजुरीमा शाहले सो ब्याटलमा अश्लीलता प्रदर्शन गरेको दाबी गरिएको छ ।  पूर्वसभासद् पन्तले दिएको उजुरीमाथि अनुसन्धान थालिएको साइबर ब्युरोका एसपी दिलीप गिरीले बताए । उनले भने, ‘हाम्रो प्राविधिक टिमले हेरिरहेको छ ।’

याप ब्याटलमा गाएको १२ वर्षअघिको गीत आपत्तिजनक रहेको उजुरकर्ता पूर्व सभासद् पन्तले बताए । उनले भने, ‘त्यसमा अन्यलिंगी परिवारलाई आक्षेप लगाएर आपत्तिजनक शब्द प्रयोग गरिएको रहेछ  ।’

र्‍याप ब्याटलमा प्रधानमन्त्री शाह सहितका युवाहरूले एक अर्कालाई छक्का र बलात्कार जस्ता शब्द प्रयोग गरेका छन् । केही दिन अघि प्रधानमन्त्रीलाई अश्लील गाली गरेको आरोपमा एक युट्युबर पक्राउ परेपछि व्यङ्ग्य स्वरुप सो ब्याटललाई धेरैले सेयर गरेका थिए ।

सो गीत रिर्फेस भएर भाइरल भइरहेको र १ करोड ५० लाखले हेरेको हुनाले पन्तले सो गीत युट्युबाट हटाउन माग गरेका छन् ।