images
images

कर्मचारीलाई १५/१५ दिनमा तलब दिने सरकारको निर्णय

काठमाडौँ – सरकारले कर्मचारीहरूलाई १५-१५ दिनमा तलब दिने निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अर्धमासिक रुपमा सरकारी कर्मचारीहरूलाई तलब दिने निर्णय गरेका हुन्।

​हालसम्म महिना मरेपछि एकमुष्ट मासिक रूपमा तलब दिने गरिएकोमा, कर्मचारीहरूको आर्थिक सहजताका लागि मन्त्रालयले नयाँ व्यवस्था सुरु गर्न लागेको हो।

​अर्थमन्त्री वाग्लेले स्तरबाट वैशाख ४ गते गरेको निर्णयअनुसार महिनामा दुई पटक तलब र भत्ताको भुक्तानी हुनेछ। अर्थ मन्त्रालयले यो व्यवस्था मिलाउन महालेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ।

कर्मचारीहरूको दैनिक खर्च व्यवस्थापनमा सहजता ल्याउन र नगद प्रवाहलाई बजारमा चलायमान बनाउन यो कदम चालिएको हो। यसअघि मासिक रूपमा भुक्तानी हुँदा कर्मचारीहरूलाई महिनाको मध्यतिर आर्थिक दबाब पर्ने गरेको गुनासोलाई सम्बोधन गर्दै यो ‘अर्धमासिक’ प्रणाली अघि सारिएको हो।