काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृहमन्त्री सुदन गुरुङको कार्यशैली मूल्यांकन गर्ने बेला भइ नसकेको बताएका छन्। वनस्थलीस्थित केन्द्रीय कार्यालयमा पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीको जवाफ दिँदै उनले भने, ‘मूल्यांकन गर्ने बेला भइसकेको छैन। भर्खरै त काम सुरु भएको छ।’
सडक, इन्जिनियरिङ, ठेक्कापट्टाको कुरा प्राविधिक भएकाले आफूलाई थाहा नभएको उनले बताए। ‘केही कम्युनिकेसन भएको हुनसक्छ। मलाई विस्तृत कुरा थाहा छैन। तथ्य नबुझी म यसै हो भन्न सक्दिनँ’, उनले भने।







