images
images

रास्वपा सचिवालयमा थपिए दुई सदस्य, १६ जनामा को-को?

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय विस्तार गरेर १६ सदस्यीय बनाएको छ।

रास्वपा केन्द्रीय समिति बैठकले सोमबार सागर ढकाल र सरिताश्री ज्ञवालीलाई सचिवालयमा राख्ने निर्णय गरेको हो।

सभापति रवि लामिछानेको प्रस्ताव केन्द्रीय सदस्यहरूले पारित गरेका हुन्।

यसअघि रास्वपा सचिवालयमा १४ सदस्य थिए।

रास्वपा सचिवालयमा सभापति लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले,  महामन्त्रीद्वय कविन्द्र बुर्लाकाटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, प्रवक्ता मनीष झा, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, सदस्यहरू दीपकराज बोहरा, विराजभक्त श्रेष्ठ, सोविता गौतम, गणेश पराजुली, शिशिर खनाल, हरि ढकाल,  सागर ढकाल र सरिताश्री ज्ञवाली सदस्य छन्।