images
images

अमेरिकी सहायक विदेशमन्त्री कपुरले भेटे रास्वपा सभापति लामिछानेलाई

काठमाडौँ-  नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस.पावल कपुरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटघाट गरेका छन्।

सोमबार मन्त्री कपुरले सभापति लामिछानेसँग भेटघाट गरेका हुन्।

भेटमा उनले सभापति लामिछानेसँग भेट्न पाउँदा अत्यन्तै खुसी लागेको बताए।

भेटमा नयाँ सरकारमा रास्वपाका प्राथमिकताहरूबारे छलफल भएको जनाइएको छ ।

साथै नेपाल र अमेरिकाबिच सहयोगका क्षेत्रहरूबारे छलफल भएको जनाइएको छ।