images
images

भूपदेव शाह बने रास्वपाका महामन्त्री

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह निकट भूपदेव शाहलाई महामन्त्री बनाएको छ।

शाहलाई महामन्त्री बनाउने प्रस्ताव सोमबार बसेको केन्द्रीय समिति बैठकले पारित गरेको छ।

बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा भूपदेव उनका प्रमुख स्वकीय सचिव थिए।

फागुन २१ को चुनावमा  अछाम– २ बाट उम्मेदवार बने पनि उनी पराजित भएका थिए।

यसअघि बालेन्द्र निकट सुनील लम्साल महामन्त्री बन्ने भनिए पनि उनी मन्त्री बनेकाले भूपदेवले मौका पाएका हुन्।