काठमाडौँ – व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो।
गोल्छालाई बिहीबार काठमाडौँको नक्सालबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले देश सञ्चारलाई जानकारी दिए।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन, २०८३ को आधारमा उनीविरुद्ध अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ।
उनीमाथि धितोपत्र बजारमा गैरकानुनी कार्य गरी ऐन उल्लंघन गरेको आरोप छ।







