images
images

सुरु नै नभइ संसद अधिवेशन स्थगित

काठमाडौँ – सुरु नै नभइ संघीय संसदको अधिवेशन स्थगित भएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन वैशाख १७ गते बोलाएकोमा स्थगित गरेका हुन्।

राष्ट्रपति कार्यालयले विशेष कारण दर्शाउँदै अधिवेशन स्थगित भएको जनाएको हो।

मन्त्रिपरिषद्को वैशाख ८ गतेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वैशाख १७ गते बिहीबार दिउँसो २ः०० बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक आह्वान गरेका थिए।