images
images

प्रहरी तालिम केन्द्रको जमिन प्रतिष्ठानकै नाममा ल्याउने नियर्णको स्वागत

काठमाडौं – नेपाल प्रहरीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जमिन प्रतिष्ठानकै स्वामित्वमा रहने सरकारको निर्णयको पूर्वप्रहरी संगठन प्रमुख मञ्चले स्वागत गरेको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ भदौ १ गते प्रतिष्ठानको ११४ रोपनी जमिन राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्त्रण गर्ने नियर्ण गरेको थियो । उक्त नियर्ण सच्चाउँदै बालेन शाह नेतृत्वको सरकारले गएको बिहीबार प्रतिष्ठानको जमिन प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको थियो ।

सोही निर्णयको पूर्वप्रहरी संगठन प्रमुख मञ्चले स्वागत गरेको हो । शनिबार मञ्चका संयोजक पूर्वआईजीपी मोतिलाल बोहराले विज्ञप्ति जारी गर्दै सरकार तथा जमिन प्रतिष्ठानकै स्वामित्वमा ल्याउन सहयोग गर्नेप्रति धन्यवाद दिएका छन् ।

Capture-1777098628.JPG