images
images

गैरीगाउँ सुकुम्बासी बस्तीमा पनि चल्यो डोजर

काठमाडौँ– गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि डोजर चलेको छ।

शनिबार बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइसकेपछि दिउँसोदेखि गैरीगाउँमा पनि डोजर चलाइएको हो। अहिले दर्जनभन्दा बढी डोजर प्रयोग गरेर संरचना भत्काउने काम भइरहेको छ।

सुरक्षाकर्मीको ठूलो उपस्थितिमा डोजर लगाइएको छ।