images
images

२३ सुकुम्वासी परिवार पुगे ‘होल्डिङ सेन्टर’

काठमाडौं – काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा स्थापित ‘होल्डिङ सेन्टर’ शनिबार (वैशाख १२) दिउँसोसम्म २३ सुकुम्वासी परिवार पुगेका छन् । उपत्यका विकास प्राधिकरणले उनीहरूको तथ्यांक संकलन गरिरहेको प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ ।

थापाथली, गैरीगाउँलगायत स्थानबाट सुकुम्वासी होल्डिङ सेन्टरमा पुग्ने क्रम जारी छ ।

यस्तै, प्राथमिक स्वास्थ्य उपचारका निम्ति काठमाडौं महानगरपालिका–११ को बबरमहल, वडा–३१ को भीमसेनगोला र ३२ नम्बरको पेप्सीकोलास्थित स्वास्थ्य प्रवद्र्धन केन्द्र खुला राखिएको छ । त्यहाँबाट सामान्य प्राथमिक उपचार प्रदान गरिरहेको सचिवालयले जनाएको छ ।

“होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।