images
images

शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ-  व्यवसायी शेखर गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले सोमबार गोल्छालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो।

गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार नियन्त्रणमा लिएको थियो।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार गरेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबार सम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरीवेक्षण प्रतिवेदन, २०८३’मा गोल्छाको नाम पनि परेपछि उनी पक्राउ परेका थिए।

त्यसलगत्तै उनले हिमालय रि इन्स्योरेन्सको अध्यक्षबाट राजीनामा दिएका थिए।

गोल्छा अर्गनाइजेसनका अध्यक्ष गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पनि हुन्।