images
images

नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खेमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहेका छन्।

मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने

यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कार्यसंयोजक समितिको बैठकले मंसिर ११ देखि १५ सम्म महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले बताए।

महाधिवेशन काठमाडौंमा आयोजना हुनेछ। दुई दर्जन बढी वाम घटक मिलेर बनेको नेकपाले एकता महाधिवेशन गर्न लागेको हो।