काठमाडौं– रोल्पामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ।
खोज तलासका क्रममा दुर्घटनास्थलमा २० जनाको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले बताए।
उनका अनुसार रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते छन्।
उनको बायाँ खुट्टा, निधार र बायाँ आँखामा चोट रहेको तथा अवस्था मध्यम रहेको प्रहरी निरीक्षक नेपालीले जानकारी दिए।
बोल्ने सक्ने अवस्थाका उनको आधारभूत जलजला अस्पताल थवाङ रोल्पामा उपचार भइरहेको छ।








