images
images

काठमाडौँ उपत्यकाका होल्डिङ सेन्टर अनुगमन गर्न संसदीय समिति जाने

काठमाडौँ, वैशाख — संघीय संसद अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समिति ले काठमाडौँ उपत्यकामा रहेका होल्डिङ सेन्टरहरूको स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ।

हिजो बसेको समितिको बैठकले गरेको निर्णयअनुसार, वैशाख २४ र २५ गते समितिका माननीय सदस्यहरू सहितको टोली अनुगमनका लागि सम्बन्धित स्थानहरूमा जाने कार्यक्रम तय गरिएको हो।
समितिले होल्डिङ सेन्टरहरूको वर्तमान अवस्था, सेवा–सुविधा, व्यवस्थापन तथा मानव अधिकारको अवस्थाबारे प्रत्यक्ष अवलोकन गर्ने जनाएको छ। यस अनुगमनबाट प्राप्त तथ्यका आधारमा आवश्यक नीतिगत तथा सुधारात्मक पहल अघि बढाइने अपेक्षा गरिएको छ।

समितिको यस कदमलाई मानव अधिकार संरक्षण र संस्थागत सुधारको दिशामा महत्वपूर्ण रूपमा हेरिएको छ।