images
images

हर्क साम्पाङसहितलाई सभामुखको आदेश– पर्चा लिएर प्रदर्शन नगर्नू

काठमाडौं -सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदलाई पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन नगर्न आदेश दिएका छन् ।

उनले प्रतिनिधिसभाको बैठकमा यस्तो आदेश दिएका हुन् ।

“सभामुखको अगाडि पर्चा लिएर प्रदर्शन गर्नुभयो,” सभामुख अर्यालको भनाइ थियो, “प्रतिनिधिसभाको यो सभा महत्वपूर्ण थलो हो । विरोध गर्ने विभिन्न शैली हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्छ । मर्यादामा बसेर विरोध गर्नुहुन यसलाई आदेशकै रुपमा लिँदा हुन्छ । पर्चा देखाएर सदनमा विरोध गर्ने कानुन र नियमावली कसैले दिएको छैन । आगामी दिनमा मर्यादापूर्वक विरोध गर्नूहोला ।”

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहितका प्रतिनिधिले पर्चा लिएर सभामुखको अगाडि पुगेर प्रदर्शन गरेका थिए ।