images
images

चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा उत्तम केसी विजयी

काठमाडौं – चलचित्र कलाकार संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सोमबार राति सम्पन्न भएको छ । मतपरिणामअनुसार अध्यक्ष पदमा अभिनेता उत्तम केसी विजयी भएका छन् ।

केसीले २१६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सबिन श्रेष्ठ लाई पराजित गरे । श्रेष्ठले १३२ मत पाए । निर्वाचनमा कुल ३५६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
दुई उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा पूजना प्रधान र शिवहरी बैरागी निर्वाचित भएका छन् । प्रधानले १४४ तथा बैरागीले १४६ मत प्राप्त गरेका हुन् । अन्य उम्मेदवारमध्ये पनाह अधिकारीले १३५, उद्धव भट्टराईले १०७, डिबी तामाङले २७ र राजेन्द्र बस्नेतले १८ मत पाए ।

महासचिव पदमा सुनील कटवाल १९५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी रामेश्वर बुर्लाकोटीले १२५ मत प्राप्त गरे । सचिव पदमा गोपाल ढकाल २१४ मतसहित निर्वाचित भए भने पल्पसा डंगोलले ११० मत पाइन् ।

त्यस्तै, कोषाध्यक्ष पदमा तेजुला खतिवडा १४९ मतसहित विजयी भइन् । पवित्रा आचार्यले १०६ र खुश्व खड्काले ५८ मत प्राप्त गरे । सह–कोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित निर्वाचित हुँदा गीता नेपालले १५३ मत पाइन् ।

सदस्य पदमा इन्द्रबहादुर लामा (खम्बे), चन्द्रकला (मोनिका) दाहाल, चन्द्रकला राई ‘लब्ली संगम’, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई तथा सुलेमान इकु विजयी भएका छन् ।

नवनिर्वाचित नेतृत्वले चलचित्र कलाकारहरूको हकहित, पेशागत सुरक्षा तथा संघको सक्रियता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।