काठमाडौं – पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले भ्रमपूर्ण र तथ्यहीन समाचार प्रकाशित गरिएको भन्दै प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएका छन्।
केही दिनअघि “सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा” शीर्षकमा प्रकाशित समाचार पूर्णरूपमा असत्य र भ्रामक भएको दाबी उनले गरेका छन्।
उक्त समाचार प्रकाशित गर्ने संवाददाता दिनेश थापाविरुद्ध प्रेस काउन्सिल ऐन, २०४८ बमोजिम कारबाही र सजायको माग गर्दै उनले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको हो ।
गुरुङले आफू पारिवारिक भ्रमणमा गएको घटनासँग जबर्जस्ती जोडेर “पित पत्रकारिता” गरिएको आरोप लगााएका छन् । सम्बन्धित पक्षमाथि आवश्यक कानुनी कारबाही गर्न उनले प्रेस काउन्सिलसँग माग गरेका छन्।








