काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डीडीसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ।
अनुसन्धानका लागि आवश्यक ठानिएका कागजातहरू संकलन गरी सीआईबीको टोली फर्किएको हो।
सिआईबी स्रोतका अनुसार उक्त प्रकरणमा अनुसन्धान प्रक्रिया अघि बढिसकेको छ।
डीडीसी लामो समयदेखि किसानलाई भुक्तानी गर्नुपर्ने रकमका कारण विवादमा रहँदै आएको छ। संस्थानले किसानबाट संकलन गरेको दूधको ४ महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ।
यद्यपि, डीडीसीले भने उक्त बक्यौतामध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिसकेको दाबी गर्दै आएको छ।
केही दिन अघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीद्वारा उत्पादित याक चिज खाँदै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए।
उनको उक्त कदमले डीडीसीको प्रचारमा सहयोग पुर्याएको भन्दै सामाजिक सञ्जालमा विभिन्न किसिमका टिप्पणीहरू भएका थिए।







