images
images

संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैनः प्रचण्ड

काठमाडौं -नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधानको मूल मर्म, मूल्य र उपलब्धिमाथि सम्झौता गर्न कसैलाई छुट नभएको बताएका छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त साझा उपलब्धि भएको उल्लेख गरे।

उनले संविधान कार्यान्वयनका कमजोरी सुधार्दै सुशासन, सामाजिक न्याय र समावेशितालाई बलियो बनाउनुपर्ने बताए। प्रचण्डले राजनीतिक मतभेद भए पनि राष्ट्रिय मुद्दामा संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको बताएका छन्।