काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामप्रति आंशका व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाइनिजक सिटलाई सुनामीको संज्ञा दिए।। यसको पछाडिका कारणहरू अहिले खोजी भइरहेको उनको भनाइ छ।
निर्वाचनमा सेना, सरकार र निर्वाचन आयोगको भूमिकाका साथै मतपत्रको अवस्थाका विषयमा प्रश्नहरू उठिरहेको उनको भनाइ छ।
उनले भने, ‘यो एउटा सुनामी आयो। यो सुनामी मात्रै हो यो। यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ। बेला–बखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँभित्रका मान्छेले। के–के हो? सेनाको भूमिका कस्तो रह्यो? सरकारको भूमिका कस्तो रह्यो? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो? मतपत्रको अवस्था कस्तो रह्यो? यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने पनि छ।








