images
images

संसद बैठकमा अमर्यादित व्यवहार भएको विषयमा जाँचबुझ गर्न समिति गठन

काठमाडौं -जेठ १७ गते आइतबारको प्रतिनिधिसभा बैठकमा केही सांसदहरुले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरेको विषयमा जाँचबुझ गर्न प्रतिनिधिसभाका  सचिव प्रकाश अधिकारीको संयोजकत्वमा संसदीय जाँचबुझ समिति गठन गरिएको छ ।

सभामुखसमक्ष सात दिनभित्र प्रतिवेदन पेश गर्नेगरी संसद नियमावली २०८३ को नियम ३३ (४) अनुसार समिति गठन गरिएको सभामुख डोलप्रसाद अर्यालले संसद बैठकलाई जानकारी गराउनुभयो ।

सोमबार बसेको संसद बैठकमा उहाँले सो जानकारी गराउँदै समितिमा संघीय संसद सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहने सभामुख अर्यालले जानकारी गराउनुभयो ।

त्यसैगरी प्रतिनिधिसभा नियमावलीको नियम ३१ (४) बमोजिम आवश्यक कारवाहीका लागि सिफारिस गर्न सकिने पनि सभामुखले समितिलाई जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको अर्को बैठक मंगलबार १ बजे बस्नेछ ।