काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समिक्षा बास्कोटाले संक्रमणकालीन न्यायसम्बन्धी थाँति रहेका काम छिटो टुंगो लगाउन सरकारसँग आग्रह गरेकी छन् ।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले संक्रमणकालीन न्याय निरुपणलगायतका मानव अधिकारसँग सम्बन्धित थाँति रहेका सबै कामहरू सम्पन्न गर्न सरकारलाई सचेत गराएकी हुन् ।
उनले उक्त कामलाई सम्पन्न गर्नका लागि कानूनमा सुधार ल्याउने काममा समितिले संयोजनकारी भुमिका निर्वाह गर्न तयार रहेको पनि बताइन् । सरोकारवालाहरूसँग बसेर संक्रमणकालीन न्याय निरुपणमा देखिएका समस्या समाधान हुनेगरी कानुन निर्माण गर्ने काम समिति लागिपर्ने सभापति बास्कोटाको प्रतिवद्धता छ । उनले सरकारले संक्रमणकालीन न्याय निरुपणका लागि प्रतिवद्धता जनाएको उल्लेख गर्दै त्यसलाई छिटो निष्कर्षमा पुर्याउनुपर्ने बताइन् ।
सभापति बास्कोटाले भनिन्,‘हामीले विभिन्न मानव अधिकारमा हाम्रो कमिटमेन्ट हन्ड्रेड पर्सेन्ट हो । विभिन्न टाईमदेखि मानव अधिकारका विषयहरु थाँति रहेका छन् । चाहे त्यो सत्य निरुपणको विषय होला, चाहे त्यो बेपत्ता पारिएका विषय होला । त्यो सबैलाई अहिलेको सरकारले टुंगो लगाएर जान सकेन भने अब कुनैपनि सरकारले टुंगो लगाउन सक्दैन । त्यसमा हाम्रो हन्ड्रेट पर्सेन्ट कमिटमेन्ट गोभरर्मेन्टको तर्फबाट, कानून मन्त्रालयको तर्फबाट पनि त्यो लेवलको कमिटमेन्ट आएको छ । लहरुमा प्रबलम छ । त्यसमा हामी सोलुशन बेस पोलिटिक्स गर्न चाहन्छौँ । के हो त सोलुशन ? त्यसमा काम गर्न चाहन्छौँ । केही साथीहरुलाई मेले यहीबाट जानकारी पनि गराएँ–कानून, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरु आउनुहुन्छ । र विभिन्न फोरमहरुमा आएर पोलिसीमा सुधार गरौँ भनेर भन्नुहुन्छ । मैले आएदेखि यो समितिको हल छ । त्यसमा हामी सम्बन्धित पक्षसँग छलफल गर्न तयार छौँ । हामी तपाईहरुलाई नै इन्भाईट गरेर कहाँ कहाँ समस्या छन्, समाधान गरौँ । हाम्रो कानून निर्माण गर्न आएको हौँ । त्यसमा काम गर्छौँ ।’
सभापति बास्कोटाले मुलुकमा विद्यमान समस्याहरुलाई सम्बोधन हुनेगरी कानून निर्माण गर्ने काममा आफूहरू लागि परेको जिकिर पनि गरिन् ।








