images
images

छाडिए प्रधानमन्त्रीलाई ‘म्यासेज’ गरेको आरोपमा पक्राउ परेका सचिव पुष्कर

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहलाई व्यक्तिगत स्वार्थका लागि म्यासेज गरेको आरोपमा प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको छ।

पारिवारिक स्रोतकाअनुसार उनलाई आज बिहान ८ बजे उपस्थित हुनेगरी छाडिएको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले कपनस्थित घरबाट बिहीबार नियन्त्रणमा लिएको थियो।

बिहीबार दिउँसो पक्राउ परेका उनलाई करिब ८ घण्टा सोधपुछपछि श्रीमती आभा श्रेष्ठको रोहबरमा बिहीबार अबेर राति छाडिएको हो।

स्रोतकाअनुसार उनलाई तत्काल मुद्दा चलाउने किसिमको पर्याप्त आधार नदेखिएपछि सोधपुछपछि छाडिएको हो। यद्यपि, प्रहरीले भने यस विषयमा केही खुलाएको छैन।

सचिव पुष्कर मुख्यसचिवको दौडमा थिए। मुख्यसचिव एकनारायण अर्यालले ९ मंसिर २०८२ मा अवकाश पाएपछि उनी पनि मुख्यसचिवको बलियो दाबेदारका रूपमा हेरिएका थिए।पछि सरकारले सुमनराज अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको थियो।