images
images

दीपक भट्टसहित ३९ जनाविरुद्ध सम्पति शुद्धीकरणको अभियोग विशेषमा

काठमाडौँ – विशेष सरकारी वकिल कार्यालयले व्यवसायी दीपक भट्टसहित झण्डै ४० जनाविरुद्ध सम्पत्ति शुद्धिकरणको अभियोग पेश गरेको छ।

विशेष अदालतकी सूचना अधिकारी पावर्ती हितानका अनुसार सरकार वकिल कार्यालयले पहिलो चरणमा प्रमाणसँग सम्बन्धित कागजात अदालतमा पुर्याएको छ।

अभियोगपत्रसहितका कागजात आउने क्रममा रहेको उनले देश सञ्चारलाई जानकारी दिइन्।

स्रोतका अनुसार अभियोगमा २२ अर्ब भन्दा बढी बिगो मागदाबी गरिएको छ।

भट्टसहितका व्यक्तिमाथि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गरेको थियो।

नयाँ सरकार आएसँग व्यवसायी केन्द्रित अनुसन्धान र पक्राउलाई तीव्रता दिइएको थियो।