काठमाडौँ – श्रम संस्कृति पार्टीले अर्को वर्ष हुने स्थानीय तहको चुनावो तयारी थालेको छ।
पार्टीले चुनावलाई लक्षित गरी देशैभरिका सम्भावित उम्मेदवारहरूको नाम संकलन प्रक्रिया सुरु गरेको हो।
पार्टीको केन्द्रीय कार्य समिति काठमाडौँले शुक्रबार ७५३ वटै स्थानीय तहका पालिका समिति र जिल्लाहरूलाई नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो ।
पार्टीका सहमहासचिव समिर तामाङले सबै पालिकाबाट प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष हुन चाहनेको नाम पठाउन भनेका छन्। उम्मेदवार बन्न चाहने इच्छुक व्यक्तिहरूले सम्बन्धित पालिका समिति वा जिल्ला समिति मार्फत केन्द्रमा आफ्नो नाम पठाउनुपर्नेछ ।
नाम संकलन प्रक्रियालाई झन्झटरहित बनाउन पार्टीले विशेष व्यवस्था गरेको छ । नाम पठाउँदा तल्लो तहका कुनै पनि समितिले छुट्टै सिफारिस गरिरहनु वा चुनाव (आन्तरिक प्रतिस्पर्धा) गराइरहनु पर्ने छैन ।







