काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो फेबरेट देशले विश्वकप फुटबल नखेलेको बताएका छन्।
विश्वकप फुटबल चलिरहेका बेला शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफूलाई धेरै जनाले विश्वकपमा फेबरेट देश कुन हो? भनेर सोधिरहेको तर आफ्नो फेबरेट देशले विश्वकप नखेलेको बताएका हुन्।
उनले लखेका छन्,’धेरै जना साथीभाइले सोध्नुभो, तपाईंको फेबरेट देश कुन वर्ल्डकपमा? मेरो फेबरेट देशले खेलेकै छैन!’








