images
images

सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री यादव

काठमाडौँ – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित ‘राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन, २०८३’ मा बोल्दै उनले रोजगारीको अवसर सिर्जना गर्नका लागि सरकारले रोजगारदातालगायतका सम्बन्धित पक्षसँग व्यापक छलफल गरेर अघि बढ्ने योजना बनाएको बताए।

उनले बौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी राम्रो कानुन बनाएर त्यसबाट पनि रोजगारीको अवसर सिर्जना गर्न चाहेको बताए। मन्त्री यादवले कुनै पनि युवालाई रोजगारीको खोजीमा विदेश जान बाध्य हुने विद्यमान अवस्थाको अन्त्य गर्ने सपना आफूले लिएको उल्लेख गरे।

मन्त्री यादवले सरकारले विदेश गएका युवाहरुलाई पनि स्वदेशमा नै रोजगारीको अवसर दिने अठोटसहित काम गरिरहेको बताए।