images
images

हप्ता भरी काम गरेर बिदाको दिन जिस्किन्छु : प्रधानमन्त्री बालेन

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत हप्ताभर काम गरेपछि बिदाको दिनमा आफू केही अनौपचारिक हुने वा जिस्किने गरेको उल्लेख गर्दै उनले यसलाई समस्याको रूपमा नलिन आग्रह गरेका छन् ।

प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन् , ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ! दुख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु !’

पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीले आफ्नो पदको गरिमा कायम नगरेको भन्दै उनले लेख्ने विषयहरूमाथि बहस र चर्चा हुने गरेको छ । उनले आइतबार नै दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’ लेखेका थिए ।