images
images

रुपन्देही अदालतले पनि फिर्ता लियो रवि र जिबीविरुद्धको सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौँ – जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले लामिछानेसहित जिबी राई, कुमार रम्तेललगायतविरुद्धको सहकारी ठगीको मुद्दा यथावत राखेर अन्य मुद्दा फिर्ता लिन आदेश दिएको हो।

यसअघि कास्की र पर्सा जिल्ला अदालतले पनि उनीहरूविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएका थिए।