काठमाडौं– भ्रष्टाचार अभियाेगमा प्रहरी हिरासतमा रहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जिव गौतम कारागार चलान भएका छन् ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको मंगलबारकाे इजलासले गौतमलाई पुर्पक्षका कारागार पठाउने आदेश दिएको हो ।
पोखरा विमानस्थल निर्माणको क्रममा भएकाे भ्रष्टाचार प्रकरणमा जोडिएपछि गाैतमविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले अभियोग दायर गरेको थियो ।
अख्तियारले गौतमबाट ६ करोड ७३ लाख ९९ हजार ६४८ रुपैयाँ ५९ पैसा असुल उपर गरी सजाय गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा चलाएको थियो ।








