काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सांसद हर्क साम्पाङले निमित्त प्रधानमन्त्री भन्दै व्यङ्ग्य गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको मन्त्रालयगत प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले रोस्ट्रम पुगेका थिए ।
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले आफ्नो तर्फबाट जवाफ दिन अर्थमन्त्री वाग्लेलाई तोकेका हुन् । ‘निमित्त प्रधानमन्त्रीज्यू, रक्षामन्त्रीज्यू तथा अर्थमन्त्रीज्यूलाई मेरो प्रश्न र सुझाव नेपालले भारतको सीमा कहाँ–कहाँ मिचेको रहेछ ? सुरक्षा निकायलाई सिमानातिर सुस्तामा कहिले पठाउने होला ?,’ राईले प्रश्न गरे ।
उनले बजेटमा ‘ट्यालीमा मिस्टेक भयो एक्सल सिटमा हाइड भयो भन्नुभयो त्यस्तो कर्मचारीलाई के कारबाही हुन्छ ?,’ भन्ने प्रश्न पनि गरे । त्यस्तै, ‘रक्षा मन्त्रालयको बजेट किताब हामीलाई प्राप्त भएन यो रक्षा मन्त्रालयले गर्ने गतिविधि सांसदले थाहा पाउन नहुने हो कि ?,’ भन्ने प्रश्न पनि गरे ।








