images
images

डिजिटल माध्यमबाट सदस्यता वितरण गर्दै नेकपा

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणलाई डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने भएको छ। यस अभियानको औपचारिक शुभारम्भ शुक्रबार गरिने पार्टीले जनाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना हुने कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपाल सहभागी हुनेछन्। सोही कार्यक्रममार्फत डिजिटल सदस्यता अभियानको थालनी गरिने तयारी गरिएको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टी संगठनलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ डिजिटल सदस्यता प्रणाली लागू गर्न लागिएको बताएका छन्।

पार्टीले यस अभियानबाट सदस्यता व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने अपेक्षा गरेको छ। डिजिटल प्रणालीमार्फत सदस्यहरूको विवरण अद्यावधिक गर्न, नवीकरण प्रक्रिया सहज बनाउन तथा संगठनात्मक गतिविधिलाई आधुनिक प्रविधिसँग जोड्न सहयोग पुग्ने विश्वास गरिएको छ।