राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अर्को साता हुने महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । चितवनको भरतपुरमा असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि १८ वटा उपसमिति गठन भएका हुन् ।
कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमितिमा संयोजक कविन्द्र बुर्लाकोटी, प्रतिवेदन समन्वयमा भूपदेव शाह, गुनासो व्यवस्थापनमा विपिनकुमार आचार्य, आर्थिक व्यवस्थापनमा अभिषेक घिमिरे, महाधिवेशन प्रतिनिधि व्यवस्थापनमा लिमा अधिकारी, कानुनी समन्वयमा सुलभ खरेल, प्रचारप्रसार तथा सञ्चार समन्वय उपसमिति संयोजकमा मनिष झा रहेका छन् ।
यसैगरी सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति संयोजकमा दीपकराज बोहरा, सूचना प्रविधिमा सरिता ज्ञवाली, आवास तथा भोजन व्यवस्थापनमा राजन गौतम, अतिथि सत्कारमा ध्रुव गिरी, हल तथा मञ्च व्यवस्थापनमा खुश्बुसरकार श्रेष्ठ, स्वास्थ्य सेवामा डा. तोसिमा कार्की, सांस्कृतिक कार्यक्रममा मोहनबहादुर थापा, यातायात व्यवस्थापनमा शिव नेपाली, स्थानीय समन्वयमा हरि ढकाल, अभिखेलीकरण तथा दस्ताबेजीकरण उपसमिति संयोजकमा गणेश पराजुली रहेका छन् ।
सूची :








